आउने वर्ष विकास निर्माणमा होलिडे हुने निश्चित छः एमाले सचेतक गिरी

आउने वर्ष विकास निर्माणमा होलिडे हुने निश्चित छः एमाले सचेतक गिरी


नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आउने वर्ष विकास निर्माणमा होलिडे हुने कुरा निश्चित भएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले सरकारले बजेटलाई लिएर सफेद झुठको खेती गरिरहेको बताए। 

उनले भने ‘अब आउने आर्थिक वर्षमा १२ खर्व भन्दा बढी आर्थिक राजस्व संकलन गर्छौँ भन्ने कुरा यो अत्यन्त झुटको खेती भइरहेको छ,जनतालाई भ्रममा पार्ने काम भइरहेको छ। यो कुरा कुनै पनि आधारमा सत्य हैन। विगतमा ५५ अर्व बजेट अनुदान आउँछ भनेर आज सम्म ८ अर्व ल्याउन नसकेको यो सरकारले यहि योग्यता राखेर के ४९ अर्व पैसा विदेशी अनुदान प्राप्त गर्छ भन्ने कुनै आधार छ? अहिलेको सरकारले जुन पुँजीगत खर्चको व्यवस्था गरेको छ यसको कुनै पनि वस्तुगत आधार छैन। आउने वर्ष विकास निमार्णको होलीडे हुने कुरा निश्चित छ।’

Logo