प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दर्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा ‘युद्ध अपराध’ सम्बन्धिको रिट दर्ता भएको छ । 

यसअघि सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको उक्त रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले खारेज गरेसँगै आइतबार प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता भएको हो । उनीसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईविरुद्ध पनि रिट दर्ता भएको छ । 

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले दायर गरेको रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ । 

Skip This
Logo