#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व60153627441440641133454
नेपाल4031

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनी महानुभावहरूको बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा गत २९ पौष गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।

बैंकको पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५ प्रतिशत नगद लाभांश करसहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले ०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार ०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ ।

हालसम्म लाभांश प्राप्त नगर्नु हुने शेयरधनी महानुभावहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउनु हुन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउनु हुन समेत बैंकले जानकारी गराएको छ । बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचारहरु