थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्दै

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्दै


थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ। सो आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

कम्पनिको आईपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुनेछ। कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Logo