तस्वीरमा जुत्ता प्रहारदेखि एमसीसी सम्झौता पारित गर्न का‍ंग्रेसकाे आग्रहसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारमध्ये काठमाडौ‍मा माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव २०७६ हुने भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गर्न लागेको गजल महोत्सवमा १५ सय भन्दा बढी साहित्यकारको उपस्थिति रहने जनाएको छ ।
उपभोक्ता समितिले पाउनुपर्ने रकम भुक्तानी नगरेको भन्दै जनकपुरमा स्थानियले मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्वीरमा जुत्ता प्रहार गरेका छन् । मन्त्रालयले उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै समितिले उनीहरूको राजीनामा समेत माग गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगी व्यवसायीहरु बाहिरी लगानीकर्तासँग प्रतिस्प्रर्धा गर्न डराउनु नपर्ने अभिव्यक्ति दिएका छन् । डराउनु भन्दापनि विदेशी लगानीलाई स्वीकारेर सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाई रहेको छ ।
नेपाली कागें्रसका सभापति शेरबहादुर देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर प्रकाशनमा आएको गलत समाचार प्रतिध्यानाकर्षण भएको जनाउँदै कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु