टीभीएस एन्टर्क स्कुटरका लागि नेपालमै ‘डेल्टा’ब्रान्डको टायर उत्पादन

टीभीएस एन्टर्क स्कुटरका लागि नेपालमै ‘डेल्टा’ब्रान्डको टायर उत्पादन


नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ ।

कम्पनीका अनुसार १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको उच्च गुणस्तरीय सो टायर सुख्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिनेछ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले जानकारी दिए ।

हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरिरहेको छ । यसअघि ग्रिन टायरले ट्रयाक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथी टायरसमेत उत्पादन गरिसकेको छ ।

Logo