#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590428436199622552579505
नेपाल10425850187

अन्नपूर्ण आधार शिविरमा ७ जना हराइरहेको आशंका, खोजीका लागि प्रहरी घटनास्थल जाँदै

काठमाडौं ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा शुक्रबारदेखि ७ जना बेपत्ता भएको प्रहरीले आशंका गरेको छ । खराब मौसमका कारण उनीहरु हिम पहिरोमा परेको हुनसक्ने बताइएको छ ।

अन्नपूर्ण आधा शिविर नजिकै हिम पहिरोमा परी दुई नेपाली, ३ जना कोरियाली नागरिक र अन्य २ जनासहित ७ जना शुक्रबारदेखि सम्पर्क विहिन भएका छन् ।

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार त्यहाँ ७ जना व्यक्ति हराइरहेको आशंका गरिएको छ । तर यकिन संख्या किटान गर्न सकिएको छैन । मौसम प्रतिकुल भएका कारण त्यसक्षेत्रमा फोन सम्पर्क हुन पनि सकेको छैन । घटना भएको भनिएको सबैभन्दा नजिक रहेको प्रहरीचौकी धान्द्रुकबाट सो क्षेत्रमा जान २ दिन पैदल यात्रा गर्नु पर्ने र हिउँमा हिड्न सक्ने अभ्यास भएका प्रहरी टोलीहरु त्यसतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिए ।

केहि नेपाली र पर्यटकसहित ७ जना सम्पर्क भन्दा बाहिर रहेकाले उनीहरुको अवस्थाबारे बुझ्ने प्रयास भइरहेको पनि कार्कीले बताए । खराब मौसमका कारण त्यसक्षेत्रमा हेलिकप्टर जान सक्ने अवस्था पनि नरहेपछि उद्दारमा कठिनाई भएको उनले केन्द्रबिन्दुलाई जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार