नेपाली मौलिक संस्कृतिमाथि चुनौती थपिएको छः महासचिव पोखरेल

नेपाली मौलिक संस्कृतिमाथि चुनौती थपिएको छः महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाज पछिल्लो समय सामाजिक अराजकताको अवस्थामा रहको भन्दै नेपालको मौलिक संस्कृतिमाथि चुनौती थपिएको बताएका छन् । 

सोमवार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको ‘मूलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा महासचिव पोखरेलले नेपालमा मूल रुपमा तीन समस्या विद्यमान रहेको र त्यसमा पनि नेपाली, सांस्कृतिक मूल्यमाथिको विघटनको प्रकृया तीव्र रुपमा बढेको तथा मौलिकता माथि चुनौती थपिएको बताए । 

उनले भने, ‘नेपाली समाजका आफ्नै साँस्कृतिक मूल्य र विशेषताहरु छन् । नेपालका साँक्कृतिक मूल्यहरुमाथिको विघटनको प्रकृया तीव्र रुपमा अगाडि बढेको छ । साँस्कृतिक अतिवाद र धर्मान्तरणको रुपमा नेपालको मौलिक सस्कृतिमाथि हमला र अतिक्रमण भैरहेको अवस्थाबाट हाम्रो मूलुक गुज्रिरहेको छ ।’ 

नेपाली मौलिक संस्कृतिको रक्षाको सवाल चुनौतीको विषय बन्न पुगेको कुरालाई जोड दिँदै महासचिव पोखरेलले साँस्कृतिक र धार्मिक अतिवादले नेपाली मौलिक सस्कृतिको रक्षा गर्न नसक्ने टिप्पणीसमेत गरे ।

Logo