कफी क्षेत्रको विकास प्रर्वद्धनका लागि काठमाडौंमा कफी सम्मेलन तथा प्रदर्शनी हुने

कफी क्षेत्रको विकास प्रर्वद्धनका लागि काठमाडौंमा कफी सम्मेलन तथा प्रदर्शनी हुने


नेपाल कफी व्यवसायी महासंघले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी -२०८० को आयोजना गर्ने भएको छ । 

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव सन्तोष पोखरेलले सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँड्न र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकीकृत गर्ने उदेश्यले राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी गर्न लागिएको जानकारी गराएका हुन् । 

उनले भने, ‘हाम्रा पाखा बारीहरु बाझै हुने युवाहरु विदेश पलायन हुने अवस्था छ । धान कोदो मासेर कफी खेती गर भन्न सक्नु पर्यो । पाखाबारीमा कुटोले खनेर रोप्दा पनि उम्रन्छ भनेर भन्नुभएन । हामीले अलिकति वैज्ञानिक ढंगबाट कसरी सुरक्षित गराउन सकिन्छ, कसरी बढि भन्दा बढि कफीको वास्तविकता विधि विज्ञानलाई बताउन सकिन्छ भनेर हामीले टेक्निकल सेक्सन गरेका छौं ।’ 

राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० मा कफीको आन्तरिक एवं वाह्य बजार प्रवद्र्धन गर्ने, कफी क्षेत्र विकास प्रवद्र्धनका लागि आवश्यक नीति तथा ऐन उपरको पैरवी अन्र्तक्रिया, उद्यमी व्यवसायीको आफ्ना उत्पादनहरु, सेवाहरुको प्रर्दशनी, कफीको राष्ट्रिय विद्यागत प्रतिष्पर्धा र पुरस्कार (क्याफे वारिस्ता, जाते आट र कफी लगायत कफीको मूल्य श्रृंखला अनुरूप विविध विषयका वर्तमान अवस्था र वस्तुस्थितिलाई सम्बोधन हुने गरि आयोजना गरिएको पनि महासचिव पोखरेलले बताए । 

यस राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन व्यापार तथा लगानी परियोजान र इन्टरनेशनल ट्रे सेन्टरको सहकार्य एवं समन्वयमा आयोजना हुन लागेको हो । 

सम्मेलन असार ०२ देखि ०५ गते सम्म काठमाडौंकाे नयाँबजार सासा बैंक्वेटमा हुनेछ ।

Logo