रिलिज अघि नै आदिपुरुषले कमायो २५० करोड भारु, अग्रिम टिकट सबै बिक्री

रिलिज अघि नै आदिपुरुषले कमायो २५० करोड भारु, अग्रिम टिकट सबै बिक्री


 निर्देशक ओम राउतको आगामी फिल्म आदिपुरुषलाई लिएर निकै चर्चा चलेको छ । 

फिल्म रिलिज हुन २ दिन मात्रै बाँकी रहेको छ । जुन १६ का दिन आदिपुरुष देशव्यापी रिलिज हुँदैछ । रिलिज हुनुअघि नै फिल्मको चर्चा निकै भैइरहेको छ । प्रभास, कृति सेनन, सन्नी सिंह र सैफ अली खान स्टारर फिल्म आदिपुरुष ठूलो बजेटको फिल्म हो । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनेको हो ।

फिल्म रिलिज हुनुअघि नै निर्माताले २१० करोड कमाइसकेका छन् । वास्तवमा, फिल्म रिलिज हुनु अघि, फिल्मको ओटीटी र टिभी अधिकारको लागि ठूलो सम्झौता गरिएको छ। फिल्म ट्रेड एनालिस्ट रमेश बालाका अनुसार तेलंगाना र आन्ध्र प्रदेशमा फिल्मको अधिकार करिब १५० करोड भारुमा गरिएको छ । योसँगै हिन्दी बेल्टमा १२० करोडमा राइट्स बिक्री भएको छ, यस्तो अवस्थामा फिल्मले रिलिजअघि नै २१० करोड कमाइसकेको छ ।

आदिपुरुषले सप्ताहन्तमा राष्ट्रिय चेनमा ३५ हजार टिकट बिक्री गरेको छ । पिविआर र आइनेक्सले क्रमशः ८८ हजार र ६१ हजार टिकट बिक्री गरेर अग्रस्थानमा रहेको छ भने सिनेपोलिसले ३५ हजार टिकट बेचेका छन्। यो ६ घण्टाको ब्रेकमा धेरै राम्रो जम्प हो किनभने फिल्म लगभग सबै टिकट बेचिसकेको छन । अब यो फिल्मले बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

Logo