एमबाप्पेले पीएसजी छाड्ने सक्ने

एमबाप्पेले पीएसजी छाड्ने सक्ने


केलियन एमबाप्पे यो गृष्म सिजनमा कुनै कलब क्लबमा जान सक्ने संभावना रहेको छ। फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का एमबाप्पेले क्लबसँग सम्झौता नवीकरण बताएपछि यो संभावना बढेको हो । उनको सम्झौता अवधि अर्को सिजनको अन्त्य सकिनेछ । उनले भन्नु अघि नै फ्रेन्च च्याम्पियनले उनलाई बेच्न तयारी गरिसकेको छ ।

पीएसजीले एमबाप्पेलाई सन् २०१७ मा मोनाकोबाट १ सय ८० मिलियन युरोमा किनेको थियो । पीएसजीले पनि बेच्ने भन्नु र एमबाप्पेले क्लब छाड्ने भन्नु अन्य टोलीका लागि यो सम्झौता गर्न तँछाडमछाड हुने पनि संभावना छ । तर, थोरै क्लबले मात्रै उनको मूल्य तिर्न सक्ने क्षमता छ । २४ वर्षीय फ्रेन्च स्ट्राइकरले पीएसजीका लागि २ सय १२ गोल गर्नुका साथै २६० खेलमा ९८ गोल हुन असिस्ट समेत गरेका छन् ।

एमबाप्पेले पीएसजीबाट खेल्दा ५ पटक लिग उपाधि तथा १३ घरेलु उपाधि जितेका छन् । उनले फ्रान्सको २०१८ विश्वकपमा समेत राम्रो खेलेका थिए । त्यो विश्वकप फ्रान्सले जितेको थियो । चार वर्षपछि पनि एमबाप्पेले शानदार खेल देखाएर विश्वकपमा मन जितेका थिए ।

 

Logo