गृहमन्त्रीलाई सरोकार समितिको प्रश्नः सुरक्षा नीतिमा साझा धारणा किन बनेन ?

गृहमन्त्रीलाई सरोकार समितिको प्रश्नः सुरक्षा नीतिमा साझा धारणा किन बनेन ?


राष्ट्रिय सरोकार सम्वन्य समितिकी सभापति दिलकुमारी थापा रावलले राष्ट्रिय सुरक्षा  नीतिमा साझा धारणा नबन्नुको कारणबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।  

बुधवार राष्ट्रिय सरोकार समितीको बैठकमा सभापति रावलले महत्वपूर्ण सवालमा राष्ट्रिय सहमति नबनेको र सरकार र मन्त्रालयबीच समेत समन्वयको अभाव देखिएकोबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएकी हुन् । 

‘राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा नबन्ने,परराष्ट्रनीतिमा साझा धारणा नबन्ने र हाम्रा विदेश भ्रमणहरु सधैं आलोचित हुने विवादमुक्त हुन नसक्ने यसको लागि सरकारले सरकार अदल बदल हुनसक्छ । तर हाम्रो सुरक्षा नीति चाँही स्थिर हुनुपर्छ । यो दिशातर्फ हामी जानुपर्छ ।’ उनले भनिन्, ‘सरकारका अन्तर मन्त्रालय र तहगत सरकारको बीचमा सम्वन्य छैन ।’

Logo