घुन्सा फाउन्डेसनकी याङ्जोम शेर्पालाई नेसनल सोसल वेलफेयर अवार्ड

घुन्सा फाउन्डेसनकी याङ्जोम शेर्पालाई नेसनल सोसल वेलफेयर अवार्ड


घुन्सा फाउन्डेसनकी संस्थापक याङ्जोम शेर्पा ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ बाट सम्मानित भएकी छन् । 

सिजन मिडियाको आयोजनामा राष्ट्रिय नाचघर जमलमा भएको एक विशेष समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देश तथा विदेशमा रही सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय शेर्पालाई अवार्ड प्रदान गरेका हुन् । 

सिजन मिडियाले १४ विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ बाट सम्मान गरेको हो । यस वर्ष कोशी प्रदेशबाट शेर्पासहित वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रहेका रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एन्ड अल्कोहल रिह्याब सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेस प्रदेशका सामाजिक अभियानकर्मी प्रकाश थारूलाई अवार्ड प्रदान गरिएको छ । 

चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौँडाका व्यवसायी तथा समाजसेवी लायन अमितकुमार शर्मा, ललितपुरका नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालाश्रम पोखराकी सञ्चालक शारदा बस्नेतलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
    
त्यसैगरी गोरखाली व्यावसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियानकर्मी प्रिन्सा रेग्मीसहितलाई तेस्रो संस्करणको ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ प्रदान गरिएको थियो ।

Logo