रियलले भित्र्यायो युवा मिडफिल्डर बेलिंघमलाई, ६ वर्षको सम्झौता

रियलले भित्र्यायो युवा मिडफिल्डर बेलिंघमलाई, ६ वर्षको सम्झौता


स्पेनिस क्लब रियल म्याड्रिडले युवा मिडफिल्डर जुड विलियम वेलिंघमलाई भित्र्याएको छ । 

बुधबार सामाजिक सञ्जालमार्फत रियलले जर्मनी क्लब बोरुसिया डर्टमण्डबाट खेलिरहेका १९ बर्षिय बेलिंघमलाई अनुबन्ध गरेको जानकारी दिएको हो । उनलाई बिहीबार दिउँसो म्याड्रिड सिटीमा सार्वजनिक गरिने बताइएको छ । 

इङल्याण्डका युवा मिडफिल्डर बेलिंघम पछिल्लो तीन सिजन जर्मनीमा खेलिरहेका थिए । उनले डर्टमण्डका लागि १३२ खेलमा २४ गोल गरेका छन् ।तर, उनले लिग उपाधि जित्न सकेनन् । यसपटक उपाधिको दावेदार बनेपनि अन्तिम खेलमा समान अंक भएपनि गोलअन्तरमा पछाडी परेपछि डर्टमण्ड दोस्रो बन्यो र उपाधि बायर्न म्युनिखले जित्यो । 

बेलिंघमले रियल म्याड्रिडमा २०२९ सम्मको लागि ६ वर्षको सम्झौता गरेका छन् । रियलले बेलिंघमलाई धेरै पहिला देखि नै भित्र्याउने प्रयास गरिरहेको थियो । तर अहिले फरवार्ड करिम बेन्जमा र इडेन हजार्डले क्लब छोडेपछि उनलाई भित्र्याएको हो । 

Logo