चितवन पुग्दा जानैपर्ने एउटा गन्तव्य ‘पटिहानी’, जानुभएको छ ? [भिडियाेसहित]

चितवन पुग्दा जानैपर्ने एउटा गन्तव्य ‘पटिहानी’, जानुभएको छ ? [भिडियाेसहित]


पटिहानी, चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्ती । सन् २०२० मा पर्यटन वर्ष मनाइरहँदा सरकारले घुम्नै पर्ने सय गन्तव्यको सूचीमा राखेपछि एकाएक चर्चामा आएको पर्यटकीय क्षेत्र । २०३० सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएपछि विकसित हुँदै गरेका आसपास बस्तीमध्ये सबैभन्दा कान्छो स्थल । निकुञ्ज भित्रका सबै गतिविधि नियाल्न पुग्ने जो कोहीका लागि बास बस्न उपयुक्त ठाउँ । अध्ययनका लागि नकिुञ्ज पुग्ने हरेकका लागि सुस्ताउने चौतारी ।आँखै अगाडि जंगली जनावरलाई नियाल्न सकिने उपयुक्त क्षेत्र । सौराहा, मेघौली, जगतपुरजस्तै आन्तरिक र बाह्य पर्यटकका लागि एउटा कमप्लिट प्याकेज हो, पटिहानी ।

पछिल्लो समय भने पटिहानीले आफूलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गराएको छ । बिहानपख आडैमा जंगली जनावरको ओहोरीदोहोरी चल्ने पटिहानी प्राकृतिक हिसावमा पनि उत्तिकै मनमोहक छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट राष्ट्रिय निकुञ्जप्रति आकर्षण सुरु भएपछि आसपासका क्षेत्रमा पनि चहलपहल सुरु भयो । पछिल्लो समय भने पटिहानीले आफूलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गराएको छ । बिहानपख आडैमा जंगली जनावरको ओहोरीदोहोरी चल्ने पटिहानी प्राकृतिक हिसावमा पनि उत्तिकै मनमोहक छ । 

पछिल्लो चार महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने पटिहानीमा रहेको छाता गल्लीको मात्रै झण्डै साढे ३ लाखले टिकट काटेरै अवलोकन गरेका छन् ।

पटिहानीमा भौतिक पूर्वाधार, सडक, पर्यटकीय स्थललगायत बनाउन भरतपुर महानगरपालिकाले बजेट नै छुट्यायो । पछिल्लो चार महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने पटिहानीमा रहेको छाता गल्लीको मात्रै झण्डै साढे ३ लाखले टिकट काटेरै अवलोकन गरेका छन् । ५ सय २० वटा छाता राखेर बनाइएको छाता गल्लीबाट वर्षेनी करिब ६० लाख रुपैयाँ भरतपुर महानगरले राजस्व संकलन गर्दै आएको छ । 

पटिहानी क्षेत्रमा मात्रै अहिले करिब एक दर्जन सुविधा सम्पन्न ठूला होटल सञ्चालनमा छन् । २ दर्जन साना होटल र लज छन् । पर्यटक र पर्यटनका लागि नयाँ गन्तव्यका रुपमा आफुलाई स्थापित गराउन सफल पटिहानीमा सोल्टी वेस्टर्न रिसोर्ट सञ्चालनमा छ भने बाराही होटल, सांग्रिला, डेल अन्नपूर्णजस्ता सुविधा सम्पन्न होटल पनि सञ्चालनको तयारीमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै पटिहानीमा ८ रात ९ दिन बस्नुले पनि यसको महत्त्व थप बढाएको छ । 

राष्ट्रिय निकुञ्जको कार्यालय नजिकै रहेको पटियानी जैविक विविधताले पनि भरिपूर्ण छ । जंगली जनावरलाई नजिकैबाट नियाल्न सकिने पटियानी थारु कला–संस्कृतिका लागि पनि धनी मानिन्छ ।

राष्ट्रिय निकुञ्जको कार्यालय नजिकै रहेको पटियानी जैविक विविधताले पनि भरिपूर्ण छ । जंगली जनावरलाई नजिकैबाट नियाल्न सकिने पटियानी थारु कला–संस्कृतिका लागि पनि धनी मानिन्छ । पछिल्लो समय मन्दिर र गुम्बालाई जोडेर धार्मिक पर्यटनका हिसाबमा समेत पटियानीमा विकास योजना सुरु भएको छ । 

कोरोना संक्रमणका कारण सुस्ताएको पटियानीको पर्यटन गतिविधि पछिल्लो समय दिनानुदिन बढ्दो छ । विश्वसम्पदा सूचीमा सुचिकृत राष्ट्रिय निकुञ्जभित्र पर्ने पटियानी क्षेत्रका अधिकांश होटल सिजन सुरु भएसँगै भरिन थालेका छन् । 

Logo