सुनुवाइ समितिमा कार्यवाहक प्रधानन्यायाधीश कार्की उपस्थित हुँदै

सुनुवाइ समितिमा कार्यवाहक प्रधानन्यायाधीश कार्की उपस्थित हुँदै


संसदीय सुनुवाइ समितिले न्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

लामो समय देखी कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो।संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनीविरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । उनीविरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।   

Logo