अवतार-३ अब २०२५ डिसेम्बर १९ मा रिलिज हुने

अवतार-३ अब २०२५ डिसेम्बर १९ मा रिलिज हुने


हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन्।

यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्,जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन्।‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो।

यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ। तर बाँकी सिक्वेलको रिलिज तोकिएकै समयमा नहुने भएको छ। बाँकी सिरिजको रिलिज मिति निर्माण पक्षले एक वर्ष पछाडि सारेका छन्।

जस अनुसार ‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा रिलिज हुनेछ। यसअघि यो फिल्म २०२४ मा रिलिज हुने थियो। यो सिरिज ‘अवतार–द वे अफ वाटर’को फलोअप हो। नयाँ क्यालेन्डर अनुसार ‘अवतार ४’ तेस्रो फिल्मको चार वर्षपछि २१ डिसेम्बर २०२९ मा रिलिज हुनेछ। यो फिल्म यसअघि सन् २०२६ मा आउने चर्चा थियो।

‘अवतार’को अन्तिम फिल्म ‘अवतार ५’ का लागि दर्शकले ८ वर्ष पर्खनु पर्नेछ। यो फिल्म सन् २०३१ डिसेम्बर १९ मा रिलिज हुनेछ। ‘हरेक अवतार फिल्म आफैमा एक जोशिलो र अद्भुत अनुभव हो। यसलाई गुणस्तरका साथ पर्दामा ल्याउन समय लाग्छ। जसका लागि हामी फिल्मकर्मी जुटिरहेका छौँ। ताकि दर्शकको आशामा खरो उत्रन सकौँ। टीम आफ्नो काममा कडा मेहनत गरिरहेका छन्। डिसेम्बर २०२५ मा दर्शकलाई फेरी पेण्डोरामा लैजानका लागि हामी प्रतिक्षामा छौँ’, निर्माता जोन लेन्डाउले ट्वीट गरेका छन्।

Logo