वानएक्स बेटको विज्ञापन गरेको आरोपमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ

वानएक्स बेटको विज्ञापन गरेको आरोपमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ


नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरिएको हो । उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।हाल उनीहरूमाथि अहिले सोधपुछ चलिरहेको र थप विवरण पछि आउने बताइएको छ । 

बुधबार मात्र कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्कालाई विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको आरोपमा पक्राउ गरिएको थियो । उनले ६३ वटा खाता खोलेर ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो । 

Logo