सांसद शेरबहादुर कुँवरको प्रश्न- छाङरु र तिंकरमा किन जनगणना भएन?

सांसद शेरबहादुर कुँवरको प्रश्न- छाङरु र तिंकरमा किन जनगणना भएन?


नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिंकरमा जनगणना हुन नसक्नुबारे कुन निकायले जवाफ दिने भन्दै प्रश्न उठाएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद कुँवरले जनगणनाबारे कुटनीतिक क्षेत्रबाट कुनै जवाफ नआउनु अचम्मको विषय बनेको बताए। 

उनले भने ‘हाम्रो कुटनीतिक क्षेत्र र त्यसको अवस्था कस्तो छ? सुस्त छ की के छ त्यो बुझ्न चाहन्छु। हामीले चुच्चे नक्साभित्र भएको दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिंकरका जनतालाई जनगणनामा समेट्न सकेनौँ। त्यसको प्रतिक्रिया स्वरुप छिमेकी कुटनीतिज्ञहरुले प्रतिकृया दिने गरका छन्। त्यो क्षेत्र हाम्रो हो त्यसैकारण नेपालले जनगणना गरेको छैन। तर हाम्रो कुटनीतिक क्षेत्रबाट त्यस्को कुनै जवाफ आएको छैन। किन यस्तो भइरहेको छ यसको जवाफ चाहियो। ’ 

Logo