सांसद कंसाकारको प्रश्नः नेपालमा सीमित मात्रामा छन् जलन अस्पताल, यो किन ?

सांसद कंसाकारको प्रश्नः नेपालमा सीमित मात्रामा छन् जलन अस्पताल, यो किन ?


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्ध्यवासिनी कंसाकारले जलन अपराधको घटना समाचार बन्ने गरेपनि जलनको बारे सदन, सरकार र समाचार टाढै बस्ने गरेको गुनासो गरेकी छन् । 

बिहीबार प्रतिनिधिसभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा सांसद कंसाकारले जलन समस्याको बारेमा सबै गम्भीर हुन आवश्यक रहेको बताएकी हुन् । 

‘सन् २००६ पछि विश्व स्वास्थ्य संगठनले नेपालमा जलनको तथ्यांक लिन बन्द गरेको छ । तर २००६ कै तथ्यांक अनुसार वार्षिक ५५ देखि ६० हजार नागरिक जल्ने गरेको तथ्यांक छ । यति ठूलो संख्यमा यो देशका नागरिकले जलन भोग्छन् । तर सरकार र सदनमा यसको विषयमा कुरा भएको थाहा पाएको छैन् । मैले एसिड जलनको अनुभव गरेको छु ।’ उनले भनिन्, ‘यो अमानवीय क्रुर अपराधले गर्ने हानी र त्यसले दिने पीडा सबै बुझेको छु । आफुले भनेको पीडा पछि जलनको बारेमा ज्ञान भयो र विभिन्न स्थानमा विभिन्न मौकामा जलेको व्यक्तिहरुको सामाना गर्न प-यो । जलन अपराधको घटनाले समाचार बन्छ तर दूर्भाग्यवस जलनको बारेमा सदन सरकार र समाचार सबै टाढा बस्छ । नेपालमा सीमित जलन अस्पताल मात्र छ । यो किन ?’ 

Logo