केएल दुगड समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न

केएल दुगड समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न


के‍एल दुगड समुहले विश्व रक्तदातादिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त समूहअन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा बिराटनगर, बिरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हाे । उक्त समुहअन्तर्गत कार्यरत कर्मचारीहरु द्वारा नै रक्तदान गरिएको थियो । काठमाडौं, बिराटनगर, बिरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल ११६ कर्मचारीद्वारा रक्तदान गरी ११६ पाइन्ट रगत संकलन गरिएको थियो। 

विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा “रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्”मा केन्द्रित रही यस समूहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो । 

के एल दुगड समूहले यस्ता किसिमका सामाजिक कार्य बिगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । 

Logo