तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० असार ०१ गते शुक्रबार। १६ जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज सहकर्मीबाट विरोध आउला। चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ। सामाजिक कार्य अघि बढ्नेछ। शेयर बजरको कारोबारमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तरपनि कुनै न कुनै कुराले मन प्रसन्न रहला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वादिष्ट सुखद् भोजन मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
प्रेममा मनमुटाव आउनेछ। आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज श्रद्धा र भक्ति बढ्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। समाजसेवामा मन लाग्ला। शिक्षामा सामान्य सफलता मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ।धार्मिक काम र भक्तिभाव बढ्नेछ।

Logo