कलेजमा भएका दुर्व्यवहारका घटनाप्रति सांसद मैनालीको आपत्ती

कलेजमा भएका दुर्व्यवहारका घटनाप्रति सांसद मैनालीको आपत्ती


सांसद अच्युत प्रसाद मैनालीले, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल मेडिकल कलेजमा भएका दुर्व्यवहारका घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन्। 

प्रतिनिधि सभाको शुक्रबार सुन्य समयमा आफ्ना धारणा राख्दै उनले पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकमाथि भएको दुर्व्यवहार र नेपाल मेडिकल कलेजमा डाक्टर र नर्समाथि भएको आक्रमणको भत्र्सना गरेका हुन्। 

‘२९ गते पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डाक्टर महेशराज दाहालमाथि जुन अमानवीय व्यवहार भएको छ त्यसको घोर भत्र्सना गर्न चाहान्छु। त्यस्तै नेपाल मेडिकल कलेजमा उपचारको विषयलाई लिएर डक्टरहरुमाथि नर्समाथि दुर्व्यवहार भएको छ। कुटपिट भएको छ। र आइसियुमै गएर आक्रमण भएको तोडफोड भएको यसरी हामी कसरी हामी प्राज्ञिक मर्यादा कसरी गर्न सक्छौँ।’उनले,दोषिमाथि कारवाही गर्न सरकारले ढिलासुस्ति गरेको भन्दै आक्रोश पोखे।

Logo