बार्सिलोनाबाट डेकेन्द्र श्रेष्ठले ल्याए ‘अघि बढ्ने छु’ [भिडियो]

बार्सिलोनाबाट डेकेन्द्र श्रेष्ठले ल्याए ‘अघि बढ्ने छु’ [भिडियो]


गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको ‘अघि बढ्ने छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्। स्पेनको बार्सिलोनास्थित द एन्जल  साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो ।  ‘रोसालिया’ जस्ता विश्वका चर्चित कलाकारको गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका एक स्पेनिसले पनि यस गीतमा साउण्ड मिक्सिङको काम गरेको जारी विज्ञप्तिमा जनाइएको छ । 

गीतकार श्रेष्ठले भने, 'आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ।' यो गीतको कन्टेन्ट र भावना राम्रो छ । दर्शक स्रोताले गीतलाई मन पराउने कुरामा उनी आशावादी छन्।

युरोपको अति रमणीय ठाउँ बार्सिलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन गरिएको हो। म्युजिक भिडियोमा सुजाता कँडेल र अनन्त लामिछानेको अभिनय रहेको छ।  सजिन श्रेष्ठ सहायक निर्देशक रहेको यो गीतको भिडियोलाई सुरज मैनालीको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार श्रेष्ठको युट्युव च्यानल ’डेकेन्द्र प्रोडक्सन’ मार्फत सार्वजनिक गरिएको हो।  

 

Skip This
Logo