सांसद सिंहकाे आराेप- भौतिक मन्त्रीले भ्रष्टाचारको चाँजोपाँजो मिलाए

सांसद सिंहकाे आराेप- भौतिक मन्त्रीले भ्रष्टाचारको चाँजोपाँजो मिलाए


सांसद अमरेशकुमार सिंहले सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भ्रष्टाचारको नयाँ चाँजोपाँजो मिलाएको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद सिंहले तीन वर्ष देखिको बहुवर्षीय योजनालाई हटाएर सरकारले राम्रो सन्देश नदिएको बताएका हुन् । 

उनले भने, ‘मैले यस्तो कहिले देखेको छैन् दुई तीन वर्ष देखि बहुबर्षीय योजना चलिरहेको छ रोडको । मेरै क्षेत्रको तीन चार वटा रोड छ । तर सबै योजना काटियो अव के हुन्छ त्यो योजना ? ठेकदारको के हुन्छ ? कालोपत्र गर्न भनिएको छ । यसको सर्टेन अमाउन्ट तोकिएको हुन्छ । यसले राम्रो सन्देश दिएन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री यहि हुनुहुन्छ उहाँहरुले नयाँ भ्रष्टचारको लागि चाँजो पाँजो मिलाउँदै हुनुहुन्छ । बागमती प्रदेशमा गुडाइने भनिएको विद्युतीय सवारीमा उहाँले भ्रष्टाचार गर्न तयार भइसक्नु भएको छ ।’ 

Logo