‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नतिजा आउन थालेको महसुस भयोः मेयर बालेन

‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नतिजा आउन थालेको महसुस भयोः मेयर बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको ‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नतिजा आउन थालेको महसुस भएको बताएका छन् । 

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका स्वाबलम्बनका विषयमा निर्धक्क बोल्न थालेको भन्दै मेयर शाहले यस्तो बताएका हुन् । उनले विद्यालयहरुमा चलेका यी कार्यक्रमहरुबाट पाठ्यक्रममा आधारित पाठ्य सामग्री विद्यालय र शिक्षक आफैँ निर्माण गर्न सक्छन् भन्ने पुष्टि भएको पनि बताएका छन् । 

‘सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका स्वाबलम्बनका विषयमा निर्धक्क बोल्न थालेपछि काठमाडौँ महानगरपालिकाको ‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नतिजा आउन थालेको महसुस भएको छ । विद्यालयहरुको अनुगमन निरीक्षणका क्रममा आज वडा नं. ६ वौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालय र वडा नं. ७ मा रहेको पशुपति मित्र माध्यमिक विद्यालयमा पुग्दा विद्यार्थीहरु आफ्ना आफ्ना क्रियाकलापमा व्यस्त थिए । उनीहरुले पढेको भन्दा सिकेको महसुस गरिरहेका थिए । उनीहरुलाई शिक्षकले पढाउँदै थिएनन् । जीवनमा आइ पर्ने सानातिना समस्या आफैँ कसरी समाधान गर्न सकिन्छ भनेर सिकाइरहेका थिए ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यालयहरुमा चलेका यी कार्यक्रमहरुबाट पाठ्यक्रममा आधारित पाठ्य सामग्री विद्यालय र शिक्षक आफैँ निर्माण गर्न सक्छन् भन्ने पुष्टि भएको छ । स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट तयार पारिएका पाठ्य सामग्री विद्यार्थीहरुका लागि सहजै ग्रहण गर्न सक्ने खालका हुन्छन् ।’ 

यस्तो छ उनको स्टाटस-

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका स्वाबलम्बनका विषयमा निर्धक्क बोल्न थालेपछि काठमाडौँ महानगरपालिकाको ‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नतिजा आउन थालेको महसुस भएको छ । विद्यालयहरुको अनुगमन निरीक्षणका क्रममा आज वडा नं. ६ वौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालय र वडा नं. ७ मा रहेको पशुपति मित्र माध्यमिक विद्यालयमा पुग्दा विद्यार्थीहरु आफ्ना आफ्ना क्रियाकलापमा व्यस्त थिए । उनीहरुले पढेको भन्दा सिकेको महसुस गरिरहेका थिए । उनीहरुलाई शिक्षकले पढाउँदै थिएनन् । जीवनमा आइ पर्ने सानातिना समस्या आफैँ कसरी समाधान गर्न सकिन्छ भनेर सिकाइरहेका थिए । 
विद्यालयहरुमा चलेका यी कार्यक्रमहरुबाट पाठ्यक्रममा आधारित पाठ्य सामग्री विद्यालय र शिक्षक आफैँ निर्माण गर्न सक्छन् भन्ने पुष्टि भएको छ । स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट तयार पारिएका पाठ्य सामग्री विद्यार्थीहरुका लागि सहजै ग्रहण गर्न सक्ने खालका हुन्छन् । 
आज म पुगेको जनकल्याण मा. वि. मा फेसन डिजाइन र सिलाई बुनाईका कक्षा शिक्षामा सिप कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेका थिए । यस्तै बुक फ्रि फ्राइडे अन्तर्गत संगीत, नृत्य लगायत क्रियाकलाप चलिरहेका थिए । स्टिक क्लवका विद्यार्थीहरु पानीबाट बिजुली निकाल्ने प्रयास गरिरहेका थिए । चावहिलको पशुपति मित्र मा. वि. का विद्यार्थीहरु सिभिल इञ्जिनियरिङ् अन्तर्गतका काम गरिरहेका थिए । अन्य विद्यार्थीहरु वक्तृत्वकला प्रतियोगितामा सहभागी थिए  ।
आज उपप्रमुखले वडा नंं १ को नन्दी माध्यमिक विद्यालय र वडा नं. २८ को सहिद शुक्र मा. वि. मा सञ्चालित कार्यक्रमको अनुगमन निरीक्षण गर्नुभएको छ । यी दुवै विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत फेसन डिजाइन र सिलाइ बुनाइ कार्यक्रम चलेका छन् । 
आज निरीक्षण गरिएका विद्यालयहरुमध्ये जनकल्याण मा. वि. मा सबैभन्दा धेरै करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

Logo