कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पर्खाइमा !

कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पर्खाइमा !


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशले राजतन्त्र पर्खिरहेको बताएको दाबी गरेका छन् ।
 
आफूले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई दिँदै गरेको तस्बिरसहित मिश्रले सामाजिक सञ्जालमा डाक्टर कोइरालाले आफूसंगको भेटमा राजतन्त्रको पक्षमा रहेको बताएको दाबी गरेका हुन्।
 
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि! मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन- ती हुन् ‘राजा’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोधेँ– ‘तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु?’ उहाँले भन्नुभयो– किन नसक्नु? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’ डा. कोइरालाको भनाइलाई उनले आफ्नो विचारसँग मेल खाएको भनी जिकिर गरेका छन्। उनले यसलाई माहोल परिवर्तन हुँदै छ भनेर बुझ्न आग्रहसमेत गरेका छन्। 

Logo