प्रहरीलाई ट्राफिक प्रहरीकाे कारवाहीदेखि प्लाष्टिक चामलकाे चर्चासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारमध्ये उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले मुलुक संमृद्ध नेपाल र सुखी नेपालीको बाटोमा रहेको बताएका छन् । उनका अनुसार चीन तर्फका ४ वटा बन्दरगाह र ३ वटा ल्याण्डपोर्ट खुल्ला गरि मुलुकलाई व्यापारको ट्रान्जिट प्वाइज्ट बनाउन सकिने छ ।

पर्यटन पूर्वाधारको विकासमा तिब्रता दिएको पर्यटनमन्त्री योगेश भट्टराईले दावी गरेका छन्, तर व्यवसायीहरु भने संस्कृति र प्रकृति छ भन्दैमापर्यटक नआउने र नेपाल पर्यटनका लागि महँगो मुलुक भएको बताइरहेका छन् ।

कानुनको अघि कोहि वरिष्ठ हुदैन भन्ने गतिलो उदाहरण पछिल्लो पटक महानगरीय ट्राफिक प्रहरीले दिएको छ । सडक ढाकेर रोकिएको नेपाल प्रहरीको गाडीमा महानगरीय ट्राफिकप्रहरी रामशाहपथको टोलीले ह्वील लक गरिदिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार