अध्यक्ष ओलीकाे टिप्पणी- एमाले सरकारमा नहुँदा अर्थतन्त्र निरन्तर ओरालो लाग्याे

अध्यक्ष ओलीकाे टिप्पणी- एमाले सरकारमा नहुँदा अर्थतन्त्र निरन्तर ओरालो लाग्याे


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएको बताएका हुन् ।  

उनले आफ्नो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत बताएका छन् । आफू सरकारबाट हटेपछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेकोसमेत उनले दावी गरेका छन् ।

‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’ अध्यक्ष ओलीले भने, ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’

Logo