यामाहाले ल्यायो आकर्षक अफरः २ वर्षसम्म ग्राहकले कर तिर्न नपर्ने

यामाहाले ल्यायो आकर्षक अफरः २ वर्षसम्म ग्राहकले कर तिर्न नपर्ने


यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । 

‘ट्याक्स रिल्याक्स स्किम’अन्तर्गत कम्पनीले आफ्ना दुई पांग्रे सवारी साधनका लागि दुई वर्षको सडक कर छुट दिने छ । यो अफर यामाहाका देशभरका कुनै पनि शोरुममार्फत प्राप्त गर्न सकिने बताइएको छ । 

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु पनि उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको कम्पनीले जनाएको छ । 

Skip This
Logo