नागरिकताको बारेमा संविधान र नियमभन्दा पर जान हुँदैनः सुवास नेम्वाङ

नागरिकताको बारेमा संविधान र नियमभन्दा पर जान हुँदैनः सुवास नेम्वाङ


नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरुले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताएका छन् । 

शनिबार पार्टीका मधेस प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुरधाममा आएका पूर्वसभामुख नेम्वाङले नागरिकताको विषय टुंगोमा पुर्याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने पनि प्रष्ट पारेका हुन् । उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास हुन नदिने चेतावनी समेत दिए । 

उनले भने ‘सरकारले ल्याएको बजेट भेदभावपूर्ण , संसदबाट कुनै पनि हालतमा पास हुन दिन्नौं । भौतिक पूर्वाधार मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिने गरी भेदभावपूर्ण रुपमा ल्याइएकाले समर्थन गर्न सकिँदैन ।’ 

Logo