#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व65791530433486063141419
नेपाल5041

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय सहभागी हुँदै

काठमाडौं ।

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।

श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टन र एथलेटिक्समा एक खेल एक विधाका आधारमा ब्वाइज/गल्र्स सिंगल्स र मिक्स डबल्समा खेल हुनेछ । भलिबलमा ब्वाइज/गल्र्स, एथलेटिक्समा ब्वाइज/गल्र्सको हाइजम्प, लङजम्प, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १०० मिटर रिलेमा खेल हुनेछ । ओप्सका ईसीए इन्चार्ज तथा श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले फुटबलमा १६ ब्वाइज टिमको सहभागिता रहनेछ । फुटबल श्रृजना ज्ञान सागरले आयोजना गर्ने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ रहेको छ । फुटबल र एथलेटक्स गोलढुंगा खेल मैदान, ब्याडमिन्टन मनमैजुको जि फोर हल तथा भलिबल तार्केश्वरको पैंयाटारमा हुनेछ । पत्रकार सम्मेलनमा एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुन, कौशलका प्रिन्सिपल एवं ओप्सका सचिव शिव अर्याल लगायतको उपस्थिति थियो । प्रतियोगिता माघ १४ गते सम्पन्न हुनेछ ।

सम्बन्धित समाचारहरु