सरकारलाई प्रभु साहकाे व्यंग्यः अभिभावक नै नाङ्गै हिँडेपछि अरुलाई के कपडा लगाएर हिडाउँछ ?

सरकारलाई प्रभु साहकाे व्यंग्यः अभिभावक नै नाङ्गै हिँडेपछि अरुलाई के कपडा लगाएर हिडाउँछ ?


सांसद प्रभु साहले केन्द्रिय सरकार जिम्मेवार बन्न नसकेको टिप्पणी गरेका छन् । संघीय मन्त्रालय नै गैरजिम्मेवार भएर हिँडेको उनको आरोप छ । 

प्रतिनिधि सभाको आइतवारको बैठकमा सांसद शाहले भने ‘संघीय मन्त्रालय सबै निकायहरुको एउटा अभिभावक हो । जसले आफै नाङ्गै भईसकेपछि अरुलाई के कपडा लाएर हिडाउँछ । संघीय मन्त्रालय लाज छोडेर, कानून कुल्चिएर संविधानको पनि संवैधानिक मान्यतालाई कुल्चेर । किन भने दुनियाँलाई थाहा छ । सर्बोच्च अदालतले भनिसकेपछि सबैले मान्छ तर मैले संघीय मन्त्रालयलाई हेरिरहेछु सर्वोच्च अदालतको आदेश खल्तिमा बोकेर हिँडिरहेको छ ।’

त्यस्तै, घुस र कमिसन् तन्त्रले देशको हालत खराब भएको सांसद शाहको भनाई छ । ‘तल लिएको कमिसन माथिसम्म पुग्छ । एउटाले लिएको घुस सबै मिलेर बाँडफाड गर्छन् ।’ उनले भने ‘हामीले यो सिस्टमलाई हामीले लुटको लागि प्रयोग गरिरहेका छौं । यसले नेपाली जनतालाई उत्साहित गर्दैन् ।’ उनले भने । 

नेपाली पैसाले डाक्टर पढेकाहरुले नेपालमा सेवा नगरेको भन्दै सांसद शाहले आपत्ति पनि जनाए ।

Logo