गुल्सानले नेपाललाई दिलाए दोस्रो सफलता

गुल्सानले नेपाललाई दिलाए दोस्रो सफलता


नेपालका तीव्र गतिका बलर गुल्सान झाले आइसिसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध दोस्रो सफलता दिलाएका छन् । 

जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले २३.२ ओभरमा विस्ले मदभेरेलाई ३२ रनमा गुमाएको हो । गुल्सानले दीपेन्द्रसींह ऐरीमार्फत क्याच आउट गराएका हुन् । त्यसअघि तीव्र गतिका बलर सोमपाल कामीले  पहिलो सफलता दिलाएका थिए । उनले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरेका थिए । 

कप्तान ब्रेग इर्विन ६२ रनमा अविजित छन् ।

Logo