पुरुष बास्केटबलमा नेपालले माल्दिभ्सलाई हरायो

पुरुष बास्केटबलमा नेपालले माल्दिभ्सलाई हरायो


माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ। माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजकलाई ७५-६८ अंकले हराएको हो ।

नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बंगलादेशलाई हराएको थियो। नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो।  प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।

Logo