प्रहरी हवल्दारविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय, उर्लावारी मोरङमा कार्यरत प्रहरी हवल्दार श्रेष्ठले काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेको अभियोगमा मुद्धा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले निज श्रेष्ठलाई सेवाग्राहीबाट लिएको ८ हजार घुससहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धान आयोगका अनुसार इलाका प्रहरी कार्यालय, उर्लावारी मोरङका प्रहरी हवल्दार राजु श्रेष्ठले सेवाग्राहीको व्यवसाय संचालनमा सहज गरिदिने भनी घुस लिएको पुष्टि हुन आएकोले विशेष अदालयमा मुद्धा दायर गरिएको हो । निज श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको सजाय माग गर्दै मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार