ग्लोबल आइएमई बैंकको नयाँ शाखा गुलरियामा

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्लास्थित गुलरीया नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनसँगै अब बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार