८ जना पर्यटकको मृत्युदेखि आईसीपी उद्घाटनकाे चर्चासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारमध्ये सरकारले नागरिक अधिकार कटौतिगर्न एक पछि अर्को विधेयकल्याएको भन्दै पेशागत संगठनहरुले त्यसविरुद्ध आन्दोलनगर्ने बताएका छन् । उनीहरुले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विधेयकमा रहेकाअभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान सच्याउन सरकार र संसदलाई दवाबदिने बताए ।
मकवानपुरको पानोरमा रिसोर्टमादुई परिवारका ८ जनापर्यटकको मृत्यु भएको छ । मृत्यु हुने सबै भारतीय रहेको खुलेको छ ।इलाकाप्रहरी कार्यालय पालुङ इन्चार्ज बिराजतामाङले बन्दकोठामा हिटर बालेर सुतेकाले निसासिएर बेहोस भएको हुन् सक्ने बताएका छन् ।
प्रधामन्त्री केपीशर्मा ओली र भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा विराटनगर महानगरपालिका बुधनगरमा बनेको (आईसीपी) उद्घाटन गरेका छन् । निवर्तमान सभामुख कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएसंगै खाली रहेको सभामुख पदको लागि एकल उम्मेदवारी परेको छ ।
गत पुस १८ गते सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न आदेश दिएको थियो । तर समयसीमा सकिँदा सम्मपनिचिनीउद्योगले उखु किसानलाई ५९ करोड भन्दा बढि भुक्तानी अझै दिएको छैन ।

सम्बन्धित समाचारहरु