कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता निष्कर्षविहीन, चाँडै अर्को वार्ता

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता निष्कर्षविहीन, चाँडै अर्को वार्ता


कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्ता कुनै टुंगोमा पुग्न सकेन । सोमबार प्रदेश राजधानी विराटनगर स्थित एक होटलमा  भएको वार्ता करिब ५  घण्टा बसेपनि निष्कर्षविहीन बनेको हाे । 

प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सौहाद्र्धपूर्वक सम्पन्न भएको र पुनः वार्ता गर्ने सहमति बनेको जानकारी दिए । उनले आपसी छलफल गरेर पुनः वार्ताका लागिमितितोक्ने सहमति भएको बताए । 

आन्दोलनरत पक्षका एजेन्डाहरु वार्ताको विषयमा प्रवेश भएको र आगामी छलफलबाट सहमति खोज्ने प्रयास गर्नेसमेत उनले बताए । 

वार्तामा पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत सहभागी थिए भने प्रदेश सरकारको तर्फबाट सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित थिए । 

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा छ्न । आन्दोलनका क्रममा पहिचानपक्षधर प्रदर्शनकारी पदम लिम्बू लागेहाङको गत चैत ५ गते विराटनगरमा भएको झडपमा मृत्यु भएको थियो । 

Skip This
Logo