#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व71126433562526877150825
नेपाल5041

अष्ट्रेलियामा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारप्रति इक्यानको ध्यानाकर्षण

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले केही समय अघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारप्रति अष्ट्रेलियन सरकारी अधिकारीसँग चासो व्यक्त गरेको छ ।

गत शुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा विभागका प्रथम सचिव ल्यान्डल कोर्वेट र अष्ट्रेलियन हाइकमिसनका नयाँदिल्लीका अधिकारी केइटलिन म्याकफेर्सनबीच भेट भएको थियो ।

भेटमा इक्यान अध्यक्ष पाण्डेले अष्ट्रेलियाका सञ्चारमाध्यममा प्रकाशित नेपाली विद्यार्थी गरिब भएको र अष्ट्रेलियामा उच्च शिक्षा आर्जन गर्न नसक्ने सम्बन्धि समाचारमा सरकारको आधिकारिक धारणा माग गरेका थिए । जवाफ दिँदै राजदूत वडले प्रकाशित समाचारमा उल्लेख भएको विषय सरकारको आधिकारिक धारणा नभएको भन्दै स्पष्ट पारेका थिए । राजदूत वड तथा अन्य अधिकारीहरुले अष्ट्रेलिया नेपाल र नेपाली विद्यार्थीको प्रशंसा गर्दै अष्ट्रेलियन सरकार सकारात्मक रहेको बताएका थिए ।

‘अष्ट्रेलियन सरकार त्यस्ता समाचारमा प्रकाशित विचारलाई समर्थन गर्दैन, नेपाली विद्यार्थीहरुबारे नजिकबाट अनुगमन गरिरहेका छौं,’अधिकारीहरुले बताए। सो भेटमा इक्यान अध्यक्ष पाण्डेले नेपालीको प्रतिव्यक्ति आय विकसित देशको तुलनामा कम भए पनि सबै नेपाली गरिब नभएको बताएका थिए । आर्थिक रुपमा नेपालका धेरै परिवार सक्षम रहेको उनले बताए ।

पछिल्लो समय नेपालबाट गएका विद्यार्थीहरु जुनसुकै तहमा सक्षम रहेको उनले उल्लेख गरे । नेपालीहरु आर्थिक, शैक्षिक र भाषागत रुपमा सक्षमताको प्रमाणपत्र बुझाएर मात्रै अष्ट्रेलिया गएको स्पष्ट पार्दै उनले कुनै तथ्य बिना त्यस्ता समाचार प्रकाशित हुनु गलत भएको बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार