युएईलाई श्रीलंकाको विशाल लक्ष्य, शिर्ष चार ब्याटरको अर्धशतक

युएईलाई श्रीलंकाको विशाल लक्ष्य, शिर्ष चार ब्याटरको अर्धशतक


श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत युएईलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उपाधि दाबेदार श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३५५ रन बनाएको हो । श्रीलंकाका लागि शिर्ष चार व्याटरले सानदार अर्धशतक पारी खेले । ओपनर पाथुम निसांकाले ५७ रनको अर्धशतकीय इनिङ खेले । साथै अर्का ओपनर दिमुथ करुणारत्नेले पनि अर्धशतक बनाए । उनले ५४ बलमा ५२ रन जोडे । 

तेस्रो नंबरमा ब्याटिङमा आएका कुशल मेन्डिसले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ खेले । त्यसपछि सदिराले ६४ बलमै ७३ रन जोडे । साथै चरिथ असंलाका ४८ रनमा र वानिन्दु हसरंगा २३ रनमा अविजित रहे । 

बलिङमा युएईका अली नासरले २ विकेट तथा रोहन मुस्तफा, आयान अज्फल खान र बसिल हमिदले समान एकएक विकेट लिए । 

Logo