अब यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्छः महासचिव विप्लव

अब यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्छः महासचिव विप्लव


नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताएका छन् । 

सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले मुलुकको अहिलेको परिस्थिति सामान्य नरहेको बताएका हुन् । उनले भने, ‘नेपाल एउटा अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ । धेरै संकटहरु हाम्रो टाउकोमा घुमिरहेका छन् । हाम्रो देशमाथि अतिक्रमण भईरहको छ । जनतामाथि अत्याचार मच्चिरहेको छ । नागरिकहरु छटफटीमा छन् । निरासा र आशाको पंक्तिमायुवाहरुको लाईन छ । अग्रगमन र पश्चगमनको लडाईमा नेपाल उभिरहेको छ । यो परिस्थिति समान्य छैन।’ 

महासचिव विप्लवले कुनै पनि हालतमा प्राप्त उपलब्धि गुमाउन नहुने चर्चा गर्दै एउटा नयाँ सोंचका साथ नयाँ अभ्यास अगाडि ल्याएको बताए । उनले भने, ‘कुनै पनि हालतमा प्रतिगामी र अग्रगामीहरुलाई फाईदा उठाउन दिनुहुँदैन । हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादी दृष्टिलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन । नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष अगाडि बढाउनुपर्छ भन्ने सोंचका साथ यो नयाँ अभ्यास अगाडि ल्याएका छौं । यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो । वैज्ञानिक समाजवादी र समाजवादी मोर्चाले गर्ने हो ।’ 

नेपाली राजनीतिमा नयाँ मोड दिएर समाजवादी मोर्चा घोषणा गरेको महासचिव विप्लवको भनाई थियो । 

Logo