सिद्धार्थले उमा कुङ्फुमा जर्मनीमा जिते दोहोरो स्वर्ण

सिद्धार्थले उमा कुङ्फुमा जर्मनीमा जिते दोहोरो स्वर्ण


सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । 

सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जानकारी दिए ।

जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभीब्ल्याकवेल्ट स्पर्धामा जिते । जर्मनीकाइभा मुगले रजततथा स्विट्जरल्यान्डका लिएस रिमरले कांस्य जिते ।

सिद्धार्थले अर्को स्वर्ण चाइनिजफर्म स्पर्धामा जिते । अष्ट्रियाका जानमुग दोश्रो तथा जर्मनीका मालीबु तेश्रो भए ।

पेशाले कानून व्यवसायी समेत रहेका सिद्धार्थ नेपाल उमा कुङफु संघका अध्यक्ष हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन् । उनी अस्ट्रियामा मुख्यालय रहेका वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) का एसियाली निर्देशक पनि हुन् । नेपाल उमा कुङ्फु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ सिद्धार्थका गुरु हुन् । 

प्रतियोगितामा नेपालसहित फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, अमेरिका, चेक रिपब्लिक, इरान, बेल्जियम र जर्मनी गरी ९ राष्ट्रका करिब १ हजार १ सय खेलाडीको सहभागिता रहेको उमा कुङ्फु संघले जनाएको छ । 

Logo