ट्रेड युनियन समाजको बाधक हो भन्ने गलत भाष्य निर्माण गरियोः महामन्त्री थापा

ट्रेड युनियन समाजको बाधक हो भन्ने गलत भाष्य निर्माण गरियोः महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ट्रेड युनियन समाजको बाधक हो भन्ने गलत भाष्य निर्माण भएको भन्दै आपत्ति जनाएका छन् । 

सोमवार ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा महामन्त्री थापाले ट्रेड युनियन समाजको प्रगतिको शक्ति नभई समाजको बाधक हो भन्ने गलत भाष्य निर्माण भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘ट्रेड युनियन समाजको प्रगतिको शक्ति होईन कि समाजको बाधक हो भन्ने भाष्य निर्माण भएको छ । यो ट्रेड युनियन कांग्रेसको अधिवेशनमा छलफल हुनुपर्छ । यसलाई कसरी चिर्ने हो । किनकी यो बाधक होइन ।’ 

बैदेशिक रोजगारीको क्षेत्रमा ट्रेड युनियन कांग्रेसले धेरै काम गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । 

Logo