रामबिना नेपाल र सीताबिना भारत अपूर्ण छः मन्त्री किराँती

रामबिना नेपाल र सीताबिना भारत अपूर्ण छः मन्त्री किराँती


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने बताएका छन्। मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम बिना नेपाल र सीता बिना भारत अधुरो हुने बताएका हुन्।

आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रूपमा रहेको उनले उल्लेख गर्दै भने,‘कौटिल्यशास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्दथ्यो। पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ। यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौँ,’ उनले भने, ‘हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ।’

Logo