अमेरिकाविरुद्ध नेपालले टस जित्याे

अमेरिकाविरुद्ध नेपालले टस जित्याे


नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । 

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । योसँगै केहीबेरमा अमेरिका ब्याटिङमा मैदान उत्रनेछ ।  

आजको खेलमा नेपाली टोलीमा घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी फर्किएका छन् । सोमपाल यसअघि जिम्बावेसँगको खेलको क्रममा घाइते भएका थिए । 

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ। उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ। पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो। नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो। 

Logo