बालबच्चालाई राजनीतिक संगठनसँग नजोड्न सांसद विना लामाको माग

बालबच्चालाई राजनीतिक संगठनसँग नजोड्न सांसद विना लामाको माग


राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामाले बालबच्चाहरूलाई राजनीतिक संगठनमा जोडेर उनीहरूको भविष्यलाई अन्यौलमा नपार्न अनुरोध गरेकी छन्। 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद लामाले बालबालिकालाई बिभिन्न विद्यार्थी संगठनको झण्डा बोकाएर हिडाउँनु उनीहरुको भविष्यमाथि खेलबाड गर्नु भएको बताइन्।

उनले भनिन्,‘सम्बन्धित सबै दललाई ध्यानाकर्षण गराउन र निवेदन गर्न चाहन्छु। अबदेखि राजनीतिक संगठनको लागि बच्चाहरूको भविष्य अन्यौल नबनाउनुस्। म विशेषगरी हाम्रो बालबच्चामाथि भइरहेको अन्याय, विकृति र विसंगतिबारे ध्यानाकर्षण गराउन चाहन्छु।  हिजो मात्रै कालीकोटको पलाता गाउँपालिकामा कक्षा ६,७,८ र ९ मा अध्ययनरत बच्चाहरूलाई अनेरास्ववियुको झन्डा बोकाएर र निधारमा टीका लगाएर संगठन गर्ने काम गरिएको छ। के बालबच्चाको भविष्य झन्डा बोकाएर र निधारमा टीका लगाएर उज्जवल बनाउन सक्छौं?’ 

Skip This
Logo