सुनसरीको झोक्राहा नरसिंह गाउँपालिकामा विशेष आर्थिक क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

सुनसरीको झोक्राहा नरसिंह गाउँपालिकामा विशेष आर्थिक क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग


नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बाेल्दै उनले पूर्वी पहाडी जिल्लाहरुमा गएको बाढी पहिरो पीडितको उद्दार र राहतका साथै पुर्नवासको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन्। 

उनले भने ‘सुनसरी जिल्ला अवस्थित भोक्राहा नरसिंह गाउँपालिका विशेष आर्थिक क्षेत्रको रुपमा विकसित गर्नका निमित्त, यहाँ पूर्वाधारको व्यवस्था छ। तसर्थ, उक्त गाउँपालिकालाई विशेष आर्थिक क्षेत्रको रुपमा परिणत गर्न समामुखमार्फत माननीय अर्थमन्त्रीज्यूको ध्यान आषर्कण गराउन चाहन्छु। गत शनिबार संखुवासभा, तेह्रथुम, ताप्लेजुङमा जुन भीषण वर्षा भयो। त्यसबाट त्यहाँ धेरै जन र धनको क्षति भएको छ।त्यो क्षतिलाई राहत, उद्धार र पुनस्र्थापना गर्दै त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको विशेष ध्यान जाओस भन्ने पनि म कामना गर्दछु।’

सांसद कार्कीले पूर्वी पहाडी जिल्लाहरुमा बाढी र पहिरोमा परी धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

Logo