सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेललाई पुत्रीलाभ

सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेललाई पुत्रीलाभ


सांगीतिक जोडी अर्जुन पोखरेल र दुर्गा खरेललाई पुत्रीलाभ भएको छ । सोमबार टोखाको ग्रान्डी हस्पिटलमा गायिका खरेलले छोरीलाई जन्म दिएकी हुन् ।  

सङ्गीतकार अर्जुनले आफ्नो सामाजिक सञ्जाल आफूलाई पुत्रीलाभ भएको खबर फोटोसहित साझा गरेका छन् । ‘आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ । यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु ।’ उनले भनेका छन् । 

अर्जुन संगीतकार हुन् भने दुर्गा गायिका हुन् । अर्जुनले ‘नबोली नबोली, जिन्दगी नै भन्दिनँ, तिम्रो घरको वरिपरि, म यस्तो गीत गाउँछु’लगायत थुप्रै गीतमा संगीत भरेका छन् भने दुर्गाले पनि ‘काले केटा, धर्ति आकाश, नथिया, घरमा कुरा’लगायतमा स्वर दिएकी छन् । 

Logo