आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिक भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिक भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित


आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । इन्डियन अचिभर्स फोरमले सीईओ पुराणिकलाई ‘इन्डियन अचिभर्स अवार्ड्स’ प्रदान गरेको हो । 

एउटै क्षेत्रमा २० वर्ष भन्दा लामो समय काम गरेर ब्रान्ड प्रवद्र्धन कार्यमा उल्लेखनिय सफलता प्राप्त गरेका व्यक्तिलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । अटोमोबाइल क्षेत्रमा रहेर २५ वर्ष भन्दा बढी अनुभव बटुलेका पुराणिक हाल आईएमईको अटोमोबाइल डिभिजन आईएमई मोटर्सका ग्रुप सीईओमा कार्यरत छन् । 

टाटा मोटर्सबाट आफ्नो व्यावसायिक यात्रा शुरु गरेका पुराणिकले नेपालका साथै बंगलादेश, भुटान, दक्षिण अफ्रिका, बोलिभिया र उरुग्वेमा रहेर सफलताका साथ ब्रान्डलाई माथि उठाउन  महत्वपूर्ण भूमिका खेलेका थिए । विगत तीन वर्षदेखि आईएमई मोटर्समा कार्यरत उनले अशोक लेल्यान्ड, एस्कर्ट्स, भर्ट इक्विपमेन्ट, हुन्डाई हेभी इक्विपमेन्ट र राफ्ट मोटर्सको कारोबारलाई उकासेका छन् । 

Logo